बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

श्रीमान् विदेसिएका श्रीमतीको पीडा देखाउँदै चलचित्र ‘धौली’

बिहीबार, ०९ पुस २०७२, १७ : ४१
बिहीबार, ०९ पुस २०७२

पोखरा–श्रीमान् विदेश हुँदा नेपालमा बस्ने श्रीमतीहरुको पीडा के हुन्छ ? उसलाई समाजले कस्तो दृष्टिले हेर्छ । र, उसलाई गरिने व्यवहार कस्तो हुन्छ । यी र यस्तै कथा बुनिएको फिल्म ‘धौली’ यो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

विदेश गएका श्रीमान्को अत्तोपत्तो छैन । खबर केहि आउने हैन । अर्काको घरमा मजदुरी गरेर छोरा पाल्नुपर्ने बाध्यता भएको एउटी दलित महिला नै ‘धौली’ चरित्र हो । गीता अधिकारीले फिल्ममा ‘धौली’को भूमिका निभाएकी छन् । समाजको कथा बोक्ने यो फिल्मलाई लिएर अभिनेत्री गीता अधिकारी यतिबेला निकै आशावादी छिन् ।

श्रीमान् विदेश भएको बेलामा अर्कैसँग मायाप्रेममा फँस्ने ‘धौली’लाई त्यसपछि कस्ता बाधा र व्यवधान पर्छन् त ? यो कुरा थाहा पाउन भने फिल्म हेर्नैपर्ने हुन्छ । शुक्रबारदेखि चल्ने यो फिल्मको प्रचार सामाग्रीलाई दर्शकहरुले निकै रुचाएका छन् । काठमाडौँ बाहिर यो शुक्रबार र काठमाडौँ उपत्यकामा अर्को शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मको व्यापारलाई लिएर यसका निर्माता र वितरकहरुले पनि राम्रै प्रक्षेपण गरेका छन् ।

अरु दुई नेपाली फिल्मसँग जुधेपनि यो फिल्ममा रहेको कन्टेन्ट, प्रचार सामाग्रीले पाएको हाईप र पछिल्ला दिनमा मौलिकता बोकेको फिल्मले गरेको गज्जबको व्यापारले गर्दा व्यवसायिक रुपमा यो फिल्मले अरुलाई उछिन्ने अनुमान फिल्मकर्मीहरु लगाउँछन् । ‘फिल्मको विषयवस्तु दर्शकले मन पराउने कुरामा हामी ढुक्क छौँ ।’ फिल्मका निर्देशक घनश्याम लामिछाने भन्छन्– ‘माउथ टु माउथ पब्लिसिटि बढ्नेमा कुनै दुईमत छैन ।’ ‘धौली’ फिल्मको प्रचार सामाग्री देखेपछि विदेशबाट समेत माग बढेको उनले जानकारी दिए ।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्ममा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, तेज गिरी, शम्भु थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप