बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश

बिहीबार, ०४ असार २०८३, १९ : ३७
बिहीबार, ०४ असार २०८३

सारांश

  • काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५० जनाविरुद्ध दायर भएको आपराधिक उपद्रव र कर्तव्य ज्यानसहितको मुद्दामा थाम्ने म्याद सकिएपछि मुद्दा पेस गर्न आदेश जारी गरेको छ ।
  • २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको विध्वंसमा प्रसाईंसहित ५० जनाविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
  • कानुनतः अदालतले तोकेको तारिख गुजारेपछि थाम्ने थमाउने म्याद व्यतित गरी मुद्दाका दुवै पक्ष अदालतमा उपस्थित नभएमा पनि सुनुवाइ रोकिँदैन ।

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५० जनाविरुद्ध दायर भएको आपराधिक उपद्रव र कर्तव्य ज्यानसहितको मुद्दामा थाम्ने म्याद सकिएपछि मुद्दा पेस गर्न आदेश जारी गरेको छ । 

बिहीबार जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासबाट उक्त आदेश भएको हो। २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको विध्वंसमा प्रसाईंसहित ५० जनाविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।

कानुनतः अदालतले तोकेको तारिख गुजारेपछि थाम्ने थमाउने म्याद व्यतित गरी मुद्दाका दुवै पक्ष अदालतमा उपस्थित नभएमा पनि सुनुवाइ भने रोकिँदैन । प्रतिवादीले तारेख गुजारेको अवस्थामा बुझ्नुपर्ने प्रमाण बुझी ठहरेबमोजिम फैसला हुन्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८५ मा यस्तो व्यवस्था रहेको छ। अदालतमा बयान प्रतिउत्तर लिइसकेपछि तोकिएको तारेखमा प्रतिवादी अदालतमा उपस्थित नभएमा पनि कानुनबमोजिम मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्दैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप