शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

यो फोटोको सन्देश के हुन सक्छ ?

बिहीबार, २७ पुस २०७४, १४ : १६
बिहीबार, २७ पुस २०७४

 काठमाडौं– कहिलेकाहिँ सानो विषय र प्रसंगले पनि ठूलो सन्देश र महत्व दर्साउँछ । तर, कहिले ठूलो विषयले पनि कुनै माने नराख्न सक्छ । 

एउटा फोटोले मान्छेलाई रातारात ‘हिट’ पनि बनाएका उदाहरण पनि छन् । तर, एउटा फोटोकै कारण कतिले गद्दी नै पनि त्यागेका पनि छन् । 
नेपालमा भने फोटाकोे महत्व त्यति धेरै हुने गरेको छैन । त्यस्तै फोटा भेटिए वा देखिए पनि सामान्य रुपमै लिइन्छ । तर, एउटा फोटाले धेरै सन्देश दिएको भने अवश्य हुन्छ । 

नेपालका राजनीतिक दलहरुभित्र रहेको आन्तरिक द्धन्द्ध अथवा गुटगत अवस्था समय–समयमा सार्वजनिक स्थान वा सभासम्मेलनमा पनि देखिने गर्छ । 

प्रशंग एमाले अध्यक्ष केपी ओली थाइल्याण्ड प्रस्थानका समयको हो । पौष २६ गते अध्यक्ष ओली नियमित चेकअपका लागि थाइल्याण्ड जादैै थिए । त्यसकालागि ओली त्रिवि बिमानस्थल पुग्नुभन्दा पहिला नै  विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरु पुगिसेकका थिए । यो भन्दा पहिला पनि उनी धेरै पटक विदेश गइसकेका छन् । ओलीको मृगौलाको प्रत्यारोपण दिल्लीको ओपोलो अस्पतालमा २०६४ साल असारमा भयो, त्यसैको फलोअपको लागि उनी यसपटक पनि थाइल्याण्ड गएका हुन् । 

ओली एमालेको अध्यक्ष भएको लगभग ४ बर्ष हुन लागेको छ । ओली अध्यक्ष भएको यतिका बर्ष वितेपनि नवौं महाधिवेशनमा भएको प्यानलसहतिको निर्वाचनको तुस सकिएको छैन । जसको झल्को प्रष्टसँग दुई पार्टी एक हुने समय नजिकिँदा पनि देखिएको छ । 

बुधबार ओली एरपोर्ट पुग्नुभन्दा पहिला प्ुगे उपाध्यक्ष वामदेव गौतम । गौतम करिबकरिब एक घण्टा पहिला नै ओलीको विदाइ गर्न एयपोर्ट पुगेका थिए । नवौ महाधिवेशनमा ओली समुहलाई सहयोग गरेका गौतम अहिलेपनि ओली पक्षकै मानिन्छन् । 

गौतमपछि आएका थिए–महासचिव ईश्वर पोख्रेल,सुवास नेम्वाङ,किरण गुरुङ,भानुभक्त ढकाल,विष्णु रिमाल,सोमनाथ प्यासी । यी सबै नेताहरु महाधिवेशनदेखि अहिलेसम्म पनि ओली समुहमै छन् । 

नेताहरुमात्रै होइन, युवाहरुमा पनि त्यहि देखियो । युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत ,निरुदेवी पाल,वर्तमान उपाध्यक्ष रमेश पौडेल लगायतका युवाहरु ओलीलाई विदाई गर्न बुधबार एयरपोर्ट पुगे । 

तर, ओली एक समुहकामात्रै नभएर सिङगो पार्टीका अध्यक्ष हुन् । यति हुँदाहुदै पनि उनको विदाई र आगमनमा स्वागत गर्न भने आफ्नै समुहका नेतामात्र उपस्थित हुने गर्छन् । जसले गर्दा संसारका मजदुर एक हौ भन्दै नारा लगाउने कम्युनिष्टहरु आफ्नै पार्टीलाई चाँही किन एकढिक्का वा गुटमुक्त बनाउन सक्दैनन ? प्रश्न यहाँ छ ।  

राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन् ‘ नेपालका कम्युनिष्टहरुमा गुटको रोग छ । यो रोग लामो समय लगाएर बनेको हुन्छ । दुई गुटबीच द्धन्द्ध हुन्छ । यिनले एकले अर्कोलाई स्वीर्कादैनन,स्वीकार्न चाहाँदैनन  । यो एउटा कल्चर नै भैसकेको हुन्छ । त्यहि भएर अध्यक्षको विदाइ गर्न अथवा स्वागत गर्न जादैनन् । त्यो अध्यक्षको समुहमा मात्र होइन अरुकोमा पनि छ ।’

एमाले र नेकपा माओवादी केन्द्रबीच अन्यथा नभए एक महिनाभित्र पार्टी एकता हुदैछ । दुई पार्टी एकता भएपनि यी दुबै पार्टीको गुटहरुले यसरी नै जाने हो भने भोली हुने पार्टी अध्यक्ष के एउटा मात्र समुहको हुने त ? 

यस विषयमा प्राध्यापक कृष्ण खनालको तर्क छ ‘नेपालका कम्युनिष्टहरु हिजो आफैले भन्दै आएको बुर्जुवाकरणमा चलिरहेका छन् । विदेश जाँदा एउटा सामान्य शिष्टाचार हो । तर यहाँ लावालस्कर लगाएर जाने चलन छ । यँहिबाट छानबिन हुन्छ कोको आए कोको आएनन् । यदि नसोचेको मान्छे आए किन आयो त्यो मान्छे ?भनिन्छ । यो वुर्जुवा सोचाइ नै हो । ’

जसरी अहिले पनि पार्टी संचालन भइरहेका छन् त्यसमा कुनै परिवर्तन नगरिए पार्टी जतिनै ठूला बनाएपनि गुटहरुका एशोसियसन नै हुने संभावना बढि नहोला भन्न सकिन्न । 

के ओली लगायत नेपालका कम्युनिष्टहरु यो गुटको घेरा भन्दा बाहिर निस्कन सक्लान र साँच्चैको वृहत कम्युनिट पार्टी बनाउन सक्लान् ?

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप