टर्कीमा पिकेकेका १२ विद्रोही मारिए
आङ्कारा– टर्कीमा विगतदेखि हिंसा फैलाउदै आएको कुर्दिस वर्कर पार्टी ९पिपिके० विद्रोही विरुद्ध त्यहाँको सेनाले दक्षिणपूर्वी टर्कीमा गरेको कारबाहीमा परी कम्तीमा पनि १२ जना मारिएका छन् । टर्कीको सेनाले सो कारबाही जारी राखेको बताइएको छ । सेनाले उक्त क्षेत्रमा गत महिनादेखि आक्रामक कारबाही सुरु गरेको थियो ।
सो कारबाहीमा परी गत शुक्रबार मात्र १२ जनाको ज्यान गएको थियो । सेनाले सो क्षेत्रको कारबाहीलाई पनि जारी नै राखेको जनाएको छ । शुक्रबारको कारबाहीका क्रममा मारिएका लडाकूको सङ्ख्या १२ पुगेको अधिकारीहरुले जनाएका छन् ।
गत २४ घन्टायतादेखि जारी रहेको सो कारबाहीको क्रममा ती विद्रोही मारिएको जानकारी टर्कीस् सेनाले एएफपीलाई दिएको छ ।
टर्कीस् सरकारी समाचार समिति आनाटोलियाले पाँच दिनयतादेखि सेनाले सो क्षेत्रमा आक्रामक कारबाही थालेको जनाएको छ । टर्कीको दक्षिणपश्चिमी राज्यमा उनीहरुका विरुद्ध कारबाही जारी रहेको जनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण