मुलुकले छिटो निकास पाउनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वर्तमान सङ्कटबाट मुलुकले छिटो निकास पाउने विश्वास व्यक्त गरेका छन् ।
मुलुकको समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले भने –“मुलुकले सङ्क्रमणकालीन अवस्थाबाट निकास पाई नयाँ अवस्थामा जाँदा अप्ठ्यारो स्थितिबाट गुज्रनुपर्छ, यो विश्वव्यापी नियम हो, त्यसैले म छिट्टै मुलुकले निकास पाएर लोकतन्त्रको संस्थागत विकास, शान्ति एवम् स्थिरतासहित विकासले गति लिई देश समृद्धिमा जान्छ भन्नेमा विश्वस्त छु ।”
उपराष्ट्रपति पुनले नेपालमा छिटफुट कामबाहेक शान्ति प्रक्रिया सम्पन्न हुनु र संविधान जारी हुनु गर्व गर्न लायक विषय भएको बताउँदै वर्तमान समस्याबाट निकासका लागि राजनीतिक दल र जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
दलहरुले मधेसको समस्यालाई गम्भीरतापूर्वक लिई संवाद गरिरहेकाले छिटो समस्या समाधान हुनेमा आफू ढुक्क रहेको उनले बताए । “कुनै पनि सङ्घर्ष अनन्तसम्म जाँदैन, एउटा बिन्दुमा पुगेर निकास निस्कन्छ, सहमतिबाटै छिटो निकास होस् भन्ने पक्षमा म छु, संविधान जारी भएपछि मुलुक अप्ठ्यारोमा नपरोस् भन्ने चाहना थियो, तर सोचेजस्तो नहुँदो रहेछ” – उनले भने ।
नेपाली नागरिकका हैसियतले मुलुकको समस्याका विषयमा यहाँका राजनीतिक दल र नागरिक जस्तै सोच रहेको बताउँदै उनले दलहरुलाई तत्काल निकास दिने दिशामा उन्मुख हुन आह्वान पनि गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाले उपराष्ट्रपति पुनलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण