पश्चिमी वायुको प्रभावले उपत्यकामा न्यानो महसुस
काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँ उपत्यकासहित पहाडी भेगको मौसम बदली हुँदा तापक्रममा केही सुधार आएको छ ।
उक्त वायुको प्रभावले उपत्यकाको तापक्रममा थोरै वृद्धि हुँदा आज केही न्यानो महसुस भएको छ ।
यद्यपि उपत्यकामा चर्को घाम नलागेका कारण बिहानीपख बढी चिसो भएको थियो ।
पश्चिमी वायुको प्रभावले आंशिक बदली हुँदा आज उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस पुगेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
पछिल्ला केही दिन निरन्तर तापक्रम घटेर चिसो बढेका बेला आज मौसम बदलीका कारण उपत्यकामा केही न्यानो महसुस भएको छ । पुसको पहिलो साता उपत्यकाको न्यूनतम तापक्रम घटेर शून्य डिग्रीसम्म पुगेको थियो ।
मौसमविद् कँडेलका अनुसार पहाडी भेगमा एक दुई स्थानमा वर्षा हुनसक्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।
न्यूनतम तापक्रम बढेपनि उपत्यकामा चर्को घाम भने लाग्न सकेको छैन । अझै एक/दुई दिन उपत्यकाको मौसम स्थिर रहने बताइएको छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १९ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण