पञ्जावमा आतंककारी हमला, दुई भारतीय सेनासहित ६ को मृत्यु
शनिबार, १८ पुस २०७२, १० : २४
पञ्जाव– भारतको पञ्जावस्थित पठानकोटमा भारतीय सेनाको शिविरमा आतंककारी हमला भएको छ । उक्त हमलामा चारजना आतंककारीको मृत्यु भएको छ। यस्तै दुई भारतीय शैनिकको समेत मृत्यु भएको जनाइएको छ ।
शनिवार विहान करिव साढे चार बजे हतियारसहित प्रवेश गरेका आतंककारीले भारतीय सैनिकको शिविरमा उक्त हमला गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारी हमलामा ६ जना भारतीय सैनिक समेत घाइते भएका छन्।
घटनास्थललाई अहिले पनि भारतीय सेनाका हेलिकोप्टरले निगरानीमा राखिरहेका छन्।
आक्रमणस्थल पठानकोट भारत–पाकिस्तान सीमाको सबैभन्दा नजिकको सीमा हो। यसैबीच दोहोरो भिडन्त भएपछि जम्मु कश्मिर राजमार्ग बन्द गराइएको छ। यस्तै सैनिक शिविर बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण