विश्वमै दुर्लभ गिद्ध भेटियो
शनिबार, १८ पुस २०७२, ११ : ३१
जाजरकोट–विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो ।
वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ ।
मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए ।
औषधि प्रयोग गरेको पशुको सिनो खाएपछि गिद्ध बिरामी भएको हुनसक्ने आशङ्का गरिएको छ । आधा मिटर अग्लो गिद्ध अहिले सन्चो हुँदै गएको र निको हुने वित्तिकै छाडिने विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण