मध्यरातमा पुरुषको सडकपेटीबाट उद्धार
चितवन– जाडोको समयमा चितवनको नारायणगढस्थित सडकपेटीमा कष्टकर जीवन बिताउँदै आएका एक पुरुषको उद्धार गरिएको छ ।
मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीको नेतृत्वमा गएको टोलीले गएराति उनको उद्धार गरी आश्रम चितवनमा ल्याइएको छ ।
मानसिक समस्यासमेत रहेका उनको अहिले उपचार तथा मनोविमर्श सेवासमेत सुरु गरिएको आश्रमले जनाएको छ । उनको नाम ठेगाना खुलेको छैन ।
चितवनमा करिब एक महिनाको अवधिमा आश्रमले यस्ता सडकपेटीमा कष्टकर जीवन बिताउँदै आएका २८ जनाको उद्धार गरिसकेको जनाएको छ । आश्रमकी अभियान्ता रुपा केसीले खोजीखोजी यस्ता व्यक्तिलाई उद्धार गर्ने गरिएको बताइन् ।
आश्रमको मुख्य कार्यालय हेटौँडामा छ । अहिलेसम्म ३०० भन्दा बढीको उद्धार भइसकेको छ । करिब १०० जना परिवारमा पुनर्मिलनसमेत गराइसकेको छ ।
अहिले आश्रमले चितवनसहित हेटौँडा र काठमाडौँमा आश्रम सञ्चालन गरेको छ । यो अभियान देशव्यापी गराउने लक्ष्य रहेको अभियान्ता केशव अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण