खाजा खर्च कटाएर विद्यार्थीले दिए आगलागीपीडितलाई शैक्षिक सामग्री
खोटाङ–जिल्लाको एक निजी विद्यालयका विद्यार्थीले आगलागीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा–९ मा अध्ययनरत छात्रछात्राले आफ्नो दैनिक खाजा खर्च कटाएर जम्मा गरेको रकमले शैक्षिक सामग्री खरिद गरेर दिक्तेल नगरपालिका–२ का आगलागीपीडित विद्यार्थीलाई प्रदान गरेको हो ।
विद्यार्थीले गत पुस २ गते दिक्तेल नगरपालिकाको रत्नपार्कमा भएको भीषण आगालागीबाट पीडित बनेका विद्यार्थीलाई स्कुल ब्याग, कापी, जमेट्रीबक्सलगायत शैक्षिक सामग्री खरिद गरेर प्रदान गरेको शिक्षक पार्जुन राईले जानकारी दिए ।
शिक्षक राईका अनुसार दिक्तेल इङ्ग्लिस उच्च माविमा अध्ययनरत हीरालाल पुरीका दुई छोरी र एक छोरालाई रु १२ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो ।
आगलागीपीडित पुरी परिवारलाई यसअघि उद्योग वाणिज्य सङ्घले रु दुई लाख ५८ हजार ४५१ र नेपाली काँग्रेस खोटाङले रु ४५ हजार राहत रकम प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण