इन्धन अभावले विद्युत् आयोजनाको निर्माण अवधि लम्बियो
शनिबार, १८ पुस २०७२, ११ : ३९
सिन्धुपाल्चोक– विनाशकारी भूकम्प र भारतको नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ ।
विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२ दशमलव २ मेगावाटको उक्त आयोजना २०७२ कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए पनि भूकम्प र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि २०७३ कात्तिकमा मात्र सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले बताए ।
शिवश्री हाइड्रोपावरको रु तीन अर्बमा निर्माण सुरु गरी २०७१ को चैतमा सम्पन्न गरिने लक्ष्य राखिए पनि प्राविधिक कारणले सात महिनापछि सम्पन्न हुने लक्ष्य सारिएको र समय थपिँदै गएपछि सुरु लागतमा थप रु एक करोड वृद्धि भएको आयोजनाले जनाएको छ ।
अरनिको राजमार्गको १०० किमीमा पर्ने सिन्धुपाल्चोकको मार्मिङ गाविसको चाकु बजारदेखि आयोजना स्थलसम्मको ३० किमी प्रवेशमार्ग सम्पन्न भइसकेको थियो । भूकम्पले विभिन्न ठाउँमा पहिरो लागेर सबै क्षति भएपछि पुनःनिर्माण गर्नुपरेको र इन्धन अभावले पाँच किमी सडक निर्माण अझै बाँकी रहेको छ ।
त्यसैगरी तीन हजार ३०० मिटर भूमिगत सुरुङमध्ये इन्धन अभावकै कारण ६०० मिटर सुरुङ खन्न बाँकी रहेको कार्यकारी निर्देशक कसजूले बताए ।
फुल्पिङकट्टी गाविसको चन्द्रपुमा बाँधबाँधी याङ्लेफाँटमा विद्युत् गृह निर्माण गरी आयोजना स्थलदेखि २२ किमी प्रसारण लाइन ल्याई लामोसाँघुको विद्युत् सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी ३६ मेगावाटको अपर बलेफीको हालै विद्युत् विकास विभागबाट विद्युत् खरिद बिक्री सम्झौता भएको छ । वानिङ डेभलप्मेन्ट प्रालिद्वारा रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजना २०७५ को चैतमा सम्पन्न गरिने लक्ष रहेको छ ।
गुम्बा गाविसको लिदीमा बाँध बाँधी चार हजार ५०० मिटर भूमिगत सुरुङद्वारा पानी ल्याई गोल्चे गाविसको बैकुण्ठेमा निर्माण हुने विद्युत् गृहमा खसालिने योजना रहेको अध्यक्ष कसजूले बताए ।
बलेफी–जलविरे सडकबाट ३० किमी प्रवेशमार्ग निर्माण गरी आयोजनास्थलबाट २२ किमी लामो प्रसारण लाइनद्वारा लामोसाँघुस्थित सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिने छ ।
आयोजनाबाट २१२ मेगावाट प्रतिघन्टा विद्युत् उत्पादन हुने जानकारी पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण