निरन्तरता पाउँदै छ कटुवाले पेसाले
सल्यान–जिल्लामा मोबाइल नपुगेको र मोबाइल नभएको मान्छे विरलै होला । सूचनाको प्रभावकारी माध्यम बनेको छ मोबाइल । तर पश्चिमी क्षेत्र मूलखोला– ५ की रुपकली विकलाई भने परम्परादेखि चल्दै आएको कटुवाले पेसा जीवन गुजार्ने सहारा बनेको छ ।
गाउँमा रुपकली कराएको सुन्ने सबैले गाउँमा केही भएछ भनेर अड्कल काट्छन् । कटुवाले पेसाबाट गुजारा चलाउँदै आएका रुपकलीका श्रीमान् अमृत विक आफ्नै आँगनमा लडेर मृत्यु भएपछि श्रीमान्ले गरेको पेसा रुपकलीले सम्हालेकी हुन् ।
गाउँमा विवाह, मृत्यु, पूजापाठ, बैठक हुँदा गाउँका सबैलाई खबर गर्ने जिम्मा रुपकलीकै हुन्छ । एकाबिहानै गाउँको बीचैमा गएर ठूलो स्वरमा गाउँलेलाई आठ वर्षदेखि खबर गर्दै आएको रुपकलीले बताइन् । “गाउँमा हुने सबै सूचना मलाई एकाबिहानै आउँछ, अनि मैले बीचैमा गएर ठूलो स्वरले खबर गर्छु, अहिले त मलाई रुपकलीभन्दा पनि कटुवाल्नी भनेर गाउँलेले चिन्न थाले” – रुपकलीले भनिन् ।
सम्पत्तिका नाममा एउटा सानो झुप्रो मात्रै भएकी रुपकलीले सूचना प्रवाह गरेबापत प्रत्येक घरबाट वार्षिक २५० घरधुरीबाट प्रतिघर दुई पाथी अन्न उठाउँदै आएकी छन् । “श्रीमान्ले यही पेसा गरेर पाँच जनाको परिवार पाल्थे, अहिले चार जनाको परिवारको रोजीरोटी यही पेसाबाट जुटाउँदै आएकी छु” –उनले भनिन् ।
श्रीमान्को मृत्युले एकल तथा दलित महिला भइयो अब धेरै दुःख पाइन्छ भनी सोचेको तर छरछिमेकले निकै सहयोग तथा संरक्षण गरेको उनको भनाइ छ । “गाउँमा केही भयो भने खबर गर्ने जिम्मा उनैलाई छ” स्थानीयवासी लोकबहादुर विष्टले भने, “हाम्रोमा मोबाइलले त्यति राम्रो काम गर्दैन, पुस्तौँदेखि चल्दै आएको कटुवाले पेसालाई निरन्तरता दिएका छौँ ।
जिल्लाका अन्य कुनै पनि स्थानमा नभएको कटुवाले पेसा यही गाउँमा मात्र सीमित रहेको छ । परम्परादेखि चल्दै आएको यो पेसा कसैको जीवन गुजार्ने सहारा बनेको छ भने गाउँमा भाइचाराको सम्बन्ध पनि प्रगाढ बनेको स्थानीयवासी बताउँछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण