राजनीतिक समिति बनाएर सीमाङ्कन समस्या समाधानः नेता नेपाल
विराटनगर– नेकपा एमालेका नेता माधवकुमार नेपालले सीमाङ्कनका लागि राजनीतिक समिति बनाएर मधेस समस्याको समाधान गरिने बताएका छन् । नेकपा एमालेले आज विराटनगरमा आयोजना गर्ने कोसी अञ्चल कार्यकर्ता भेलामा सहभागी हुन आउनुभएका नेता नेपालले बिहान विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत मधेसी मोर्चासहितको राजनीतिक सहमतिमा सीमाङ्कनका लागि समिति निर्माण गरेपछि मधेस समस्या समाधान हुने उल्लेख गरे । उनले आफ्नो देशको समस्या समाधान गर्न कसैको मुख नताक्ने र आफूहरुले नै राजनीतिक सहमति बनाएर समस्या समाधान गर्न लागिपरेको बताए । नेता नेपालले नयाँ संविधान जारी भएपछि उत्पन्न भएको मधेस समस्या अब केही दिनभित्रै समाधान हुने दाबी गरे । नेता नेपालले वर्तमान सरकारले आफ्नो काम प्रक्रियाअनुसार गरिरहे पनि पर्याप्त नभएकाले धेरै काम गरेर थोरै कुरा गर्नु हितकर हुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण