वार्ताबाट देशको समस्या समाधान गरः विष्ट
शनिबार, १८ पुस २०७२, १४ : ००
रौतहट–नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र बिष्टले दुइपक्षिय बार्ताको माध्यमले देशको समस्या समाधान गर्न दलहरुलाई आग्रह गरेका छन् । रौतहटको चन्द्रपुर स्थित होटेल हिमालयनमा आयोजित सुचनाको हक तथा खोजमुलक पत्रकारिता बिषयक पाँचदिने तालिमको उद्घाटन समारोहलाई संबोधन गर्दै उनले झण्डै चारमहिना लामो तराइमधेश बन्दले देशका सबै मिडिया हाउसहरु ध्वस्त र बन्दहुने अवस्थामा पुगेको बताए । उक्त अवधिमा पत्रकारितासंग संबन्धित देशभरीमा एकसय १४ वटा घटनाभएको बताउदै बर्तमान अवस्थामा पत्रकारहरु भौतिकरुपमा असुरक्षित रहेको स्पस्ट पारेका थिए । कार्यक्रमका प्रमुखअतिथी समेत रहेका डा.बिष्टले नेपाल अधिराज्यका संबिधान २०७२ले दिएको सुचनाको हकलाइ ब्यवहारीकरुपमा उतार्न पाँचदिने तालिमले सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण