आन्दोलनका कारण सप्तरीमा राष्ट्रपति कप अन्यौलमा
राजविराज– विद्यालयहरु वीच भावनात्मक सम्वन्धको विकास तथा विद्यार्थीलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उदेश्यले वार्षिक रुपमा आयोजना गरिने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मधेश आन्दोलनका कारण यसपल्ट अन्यौलमा परेको छ । मधेश केन्द्रित दलले विगत साढे चार महिनादेखि थालेको अनिश्चितकालिन आम हडतालका कारण अधिकांस विद्यालय नियमिति रुपमा सुचारु हुन नसक्दा र यातायात ठप्पका कारण प्रतियोगिता अन्यौलमा परेको हो । लामो हडतालकै कारण खेलाडिको अभ्यास कार्य पनि ठप्प वनेको छ । ‘लामो वन्द हडतालका कारण पटक पटक प्रतियोगितको मिति सार्दै लानु परेको छ, जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले भने’, चैत्र महिनाभित्र प्रतियोगिता गराउन नसकिए सवै रकम फ्रिज भएर जान्छ ।’ मधेश आन्दोलनका कारण हलसम्म ३ पटक प्रतियोगिताको मिति सारिएको उनको भनाई छ ।
प्रतियोगिता संचालन गर्न आवश्यक गृहकार्य पुरा गरिसकेको वताएका मण्डलले यसका लागि आन्दोलनरत पक्षसँग पनि छलफल कार्य अघि वढाएको जानकारी दिए । यसपल्ट राष्ट्रपति कपमा कवड्डि खेलमालाई पनि समावेश गरिएको जानकारी दिदै उनले सवै ईभेन्ट्समा खेलाडि सहभागि गराउने विद्यालयलाई प्रोत्साहन स्वरुप सहभागिता खर्च वापत १०/१० हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी पनि दिए । प्रतियोगितामा यसपल्ट सप्तरीका ८० वटा विद्यालयलाई सहभागिता गराउने योजना सहित काम अघि वढाईएको वताउँदै उनले सहभागिता खर्च, मैदान मर्मत, मन्च ब्यवस्थापन, खेल सामग्री र पुरस्कार खर्च गरी जम्मा ३० लाख रुपैया वजेट तय गरिएको वताए । निर्वाचन क्षेत्र स्तरीय, जिल्ला स्तरीय र क्षेत्र स्तरीय गरी ३ चरणमा हुने उक्त प्रतियोगितामा लाग्ने जम्मा खर्च ३० लाख रुपैया वजेट विनियोजनका लागि राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरिसकेको र स्थिति सहज हुनासाथ प्रतियोगिता सुरु गर्ने पर्खाईमा रहेको कार्यालय प्रमुख मण्डलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण