नेपाल जेसीजको नयाँ कार्यकाल सुरु
काठमाडौ– नेपाल जेसीजको नवनिर्वाचित कार्यसमितिको कार्यकाल सुरु भएको छ ।
हरेक अंग्रेजी बर्षको पहिलो दिन देखि सुरु हुने कार्यकालका लागि अघिल्लो बर्षको अन्तीम दिन पदहस्तान्तरण हुने परम्परा अनुसार नयाँ कार्यसमितिको पदहस्तान्तरण पनि विहिवार भएको थियो ।
बर्ष २०१५ का राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठले बर्ष २०१६ को अध्यक्षमा निर्वाचित जगत पोखरेललाई पदहस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य पदाधिकारीहरुले पनि आ आफ्नो पदका नवनिर्वाचित पदाधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
पदभार हस्तान्तरण गरेपछि निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका महासचिव पोखरेलको नेतृत्वले अनुकरणीय कार्यकाल बनाउने विश्वास व्यक्त गरे । महासचिव हुदा नै पोखरेलको कार्यक्षमता र गतिशिलताबाट आफु प्रभावित भएको भन्दै उनले जेसीजमा आवद्ध युवाहरुलाई परिचालन गरि जेसीजको उचाई बढाउने संभावना प्रशस्त रहेको बताए ।
पदभार ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष पोखरेलले सरकारसंग जेसीजको सहकार्य गराउने तर्फ आफुले प्रयत्न गर्ने अठोट व्यक्त गरे । राजनितिक दलका नेताहरुलाई जेसीजसंग केही सिक्न प्रेरित गर्ने र उनीहरुबाट पनि आफुहरुले सिक्ने बातावरण बनाउने योजना पनि नवनिर्वाचित अध्यक्ष पोखरेलले सुनाए । जेसीजमा युवाहरुको आकर्षण पर्याप्त रहिरहेकाले अव युवाहरुको संख्या भन्दा पनि गुण बढाउने तर्फ ध्यान दिने बताउदै उनले रचनात्मक र सकारात्मक तरिकाले जेसीजलाई हाँक्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा जेसीजका पुर्वअध्यक्षहरुले शुभकामना मन्तव्य दिदै व्यक्तित्व विकास र समाज तथा देशका लागि योगदान पुग्ने ठोस काम तर्फ जेसीजलाई लैजान सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण