नेताको मूल्याङ्कन गर्ने बेला आयोः सिटौला
भीमदत्तनगर–नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १३ औँ महाधिवेशनमा नेताहरुको मुल्याङ्कन हुने बताएका छन् ।
आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै महामन्त्री सिटौलाले नजिकिदै गरेको कांग्रेसको महाधिवेशनमा नेताहरुको मुल्याङ्कन गरेर कुर्चीमा पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गरे । महाधिवेशन निर्वाचनमा स्वविवेक प्रयोग गर्न उनले आग्रह गरे । त्यसैगरी नेपाली कांग्रेस देशकै अभिभावक रहेको धारणा राख्दै देशमा देखिएको नाकावन्दी, भुकम्प पिडीतहरुको समस्या समाधनका लागि कांग्रेसले निकास खोज्न भुमिका निभाउनुपर्नेमा सिटौलाले जोड दिए । राज्य पुर्नसंरचनामा कैलाली कञ्चनपुर प्रदेश नं ७ मै रहने स्पष्ट पार्दै उनले कैलाली कञ्चनपुरको संरचनाको निर्णय सिराहा, सप्तरीका जनताले गर्ने होइन भने । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण