२२ वर्षकै उमेरमा होनहार अङ्ग्रेजी क्रिकेट खेलाडी हबडेनको मृत्य
बेलायत– बेलायती उदीयमान क्रिकेट खेलाडी म्याथ्यु हबडेनको २२ वर्षकै कलिलो उमेरमा निधन भएको छ ।
इङ्ग्ल्यान्ड र वेल्सको क्रिकेट बोर्डले हबडेनको मृत्यु भएको खबर आइतबार घोषणा गरेका छन् ।
तर, प्रसिद्ध अङ्ग्रेजी क्रिकेट खेलाडी हबडेनको मृत्यु के कारणले भएको भन्नेबारे बोर्डले बताएको छैन ।
हबडेन सिम बलरका रुपमा एक प्रतिभाशाली खेलाडीका रुपमा गएका दुई वर्षमा लगातार चुनिएका थिए ।
उनी राष्ट्रिय क्रेकेटका लागि ससेक्स (दक्षिण इङ्ग्ल्यान्ड) बाट खेल्ने गर्थे ।
“एक खेडालीका रुपमा सर्वप्रथम मैले हबडेनलाई सोचेर खेल्ने क्रिकेट खेलाडीको रुपमा पाए,” केभिन साइनले भने । उनले भने, उनको प्रतिभा बृहद् थियो र उनी इङ्ग्ल्यान्डको केही स्मरणयोग्य प्रतिभाशाली खेलाडीमा पर्छन् ।
यसैबीच हबडेनको मृत्युको घोषणापछि इङ्ग्ल्यान्डको क्रिकेटरले शोकस्वरुप हातमा कालो रिबन बाँधेर दक्षिण अफ्रिकाको केप टाउनमा आतइकार भएको दोस्रो टेस्टको दोस्रो दिनको खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण