अठार लाखको अवैध सहमानसहित तीन पक्राउ
पर्सा–मधेस केन्द्रित दलको बन्द, हडताल र नाकाबन्दीले वैध व्यापारलाई अवरुद्ध गरेपछि सीमाक्षेत्रमा अवैध व्यपार फस्टाउँदै गएको छ । आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा सतर्कता कम भएपछि भन्सार छली गरेका समान नेपाल भित्रिने क्रम बढेको हो ।
यसै क्रममा आज बिहान वीरगन्जबाट काठमाडौंतर्फ लैजान लागेकोे करिब रु तीन लाख मूल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा वीरगन्जको छपकैयाबाट ना.३३०१ नम्बरको टाटा सुमोमा राखेर काठमाडौं लैजान लागिएको कपडासहित कारोबारीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
रक्सौलबाट वीरगन्ज भित्र्याइएको कुर्ता सुरुवाल, सटिङसुटिङको कपडा राखी लैजाने क्रममा प्रहरीले कारबाही गर्दा २०० पिस कुर्ता सुरुवाल र सटिङसुटिङ थान कपडासहित सुमो चालक काठमाडाँै ललितपुर थैवा निवासी नवीन कुवँर, छपकैया २ निवासी महम्द फिरोज र महम्द अनवरलाई नियन्त्रणमा लिएको निरीक्षक मल्लले बताए ।
त्यसै वीरगन्जको विभिन्न स्थानबाट एक साताभित्र प्रहरीले रु १५ लाख मूल्य बराबरको केबुलवायर, कपडा, सुर्ती, जुत्ताचप्पल, खाद्यान्नलगायतका विभिन्न वस्तु बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।
बरामद गरिएको समान र पक्राउ गरिएका व्यक्तिलाई बाहनसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण