नक्कली मदिरा बनाउने तीनजना पक्राउ
लहान– नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा लहानबाट पक्राउ गरिएका तीन जनालाई आवश्यक कारबाहीका लागि राजस्व विभागमा पठाएको छ ।
इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहाको बल्ही– ७ निवासी रामगणेश यादव, खरुकियाही– ४ निवासी उमेश शर्मा र लहान नगरपालिका– १२ निवासी बचन साहलाई हिजो साँझ पक्राउ गरेको हो ।
उनीहरूले नक्कली केमिकल हालेर रुसलान भोड्का, रोयल स्टाग, सिग्नेचरलगायतको खाली बोतलमा नक्कली रक्सी प्याक गरी आन्तरिक राजस्व कार्यालयको स्टिकरसमेत टाँसेर बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व विभाग पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
उनीहरुबाट विभिन्न नक्कली ब्रान्डमा भरिएको मदिरा ७१ बोत्तल, मदिराका खाली बोत्तल ३०० थानगरी ३७१ थान मदिराका बोतल, विभिन्न ब्रान्डका मदिराको ५० थान स्टिकर, विभिन्न ब्रान्डका मदिराको २०० थान बिर्को बरामद गरिएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले बताए ।
पक्राउ परेकाले महिनौँदेखि लहान– ५ स्थित एक घरमा कोठा भाडा लिएर नक्कली मदिरा बनाउने कार्य गर्दैआएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण