विषादीका कारण शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गिद्ध मरेको पुष्टि
कञ्चनपुर–शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक साताअघि खरखडाइका बेला मृत अवस्थामा फेला परेका १८ वटा गिद्ध विषादीकै कारण मरेको पुष्टि भएको छ ।
आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले गिद्ध अरू कारणले नभई विषादी राखेको सिनो खाँदा मरेको बताउनुभएको छ । “पशु सेवा कार्यालयका प्राविधिकहरुले गिद्ध मर्नुको कारण विषादी नै भएको पुष्टि गरेका छन्”, उनले भने ।
गाई मरेको क्षेत्रनजिकका स्थानीय बासिन्दालाई कार्यालयमा बोलाई घटनाबारे विस्तृतरुपमा बुझ्ने कार्य भइरहेको संरक्षण अधिकृत ढकालले बताए । खरखडाइका लागि आरक्षको पिपरैया र बर्कोला क्षेत्र खुला गरेको अवस्थामा पुस ९ गते १२ वटा र १० गते छवटा गरी १८ वटा गिद्ध मरेको अवस्थामा फेला परेका थिए ।
गिद्ध मरेको ठाउँनजिकै दुईवटा गाईसमेत मरेका थिए । मरेको अवस्थामा फेला परेका गिद्धको थप परीक्षण गर्न धनगढी र काठमाडौँ पठाइए पनि परीक्षणको प्रतिवेदन अझै आएको भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण