खानेपानीको पाइपलाइन विस्तारसँगै २५० परिवार लाभान्वित
झापा– झापाको शनिअर्जुन नगरपालिका–२ स्थित गरुवा बस्तीमा खानेपानीको पाइपलाइन विस्तार गरिएको छ ।
खानेपानी विस्तार उपभोक्ता समिति शनिअर्जुन नगरपालिका–२ को अगुवाइमा साढे तीन किलोमिटर खानेपानीको पाइपलाइन विस्तार भएसँगै सो क्षेत्रका २५० घरपरिवार लाभान्वित भएका हुन् ।
गरुवा बस्तीदेखि विरिङको फूलमती खोला किनारसम्म रु ११ लाखको लागतमा खानेपानीको पाइपलाइन विस्तार गरिएको समितिका संयोजक तुलसी श्रेष्ठले बताउनुभयो । शनिअर्जुन नगरपालिका र खुदुनाबारी, अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा भएको पाइपलाइन विस्तार गर्न स्थानीयवासीले समेत जनश्रमदान गरेको बताइएको छ ।
स्थानीयवासीले दुई लाख मूल्यबराबरको श्रमदान गरेको र शनिअर्जुन नगरपालिकाले रु पाँच लाख तथा खुदुनाबारी, अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चार लाख रुपैयाँ प्रदान गरेको समितिका संयोजक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण