विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने : मन्त्री चौधरी
पोखरा– स्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तराई मधेश आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताए । उनले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उनले त्यसको समग्र सुधारका लागि आफू लागेको बताए । पछिल्ला समयमा औषधि अभावको समस्यालाई समाधान गर्न सरकार लागिपरेको बताउँदै मन्त्री चौधरीले दु्रत रुपमा बोलपत्र गरी औषधिको आपूर्ति सहज बनाउन प्रयास गरिएको छ भने ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको बताउँदै उनले यसको विकासका लागि राजनीतिक प्रभावबाट टाढा राखेर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण