पार्टी आफ्ना एजेन्डामा अडिक छ : उपप्रधानमन्त्री थापा
कास्की– राप्रपा (नेपाल)का अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले कार्यकर्तालाई पार्टी एजेन्डामा विचलित नहुन अपिल गरेका छन् ।
राप्रपा नेपाल निकट प्रजातान्त्रिक युवक सङ्गठन नेपाल कस्कीको तदर्थ समिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘‘पार्टी सरकारमा गयो भन्दैमा हामी हाम्रा एजेन्डा र सिद्धान्तबाट कति पनि विचलित भएका छैनौँ’’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने–“सरकारमा रहेर जनताको विश्वास जित्ने र विश्वासका आधारमा हाम्रा एजेन्डा स्थापित गर्न अभियानमा अझै सक्रियताका साथ लाग्नुपर्दछ ।”
जनताको साथ र समर्थन हुँदाहुँदै पनि गणितीय आधारमा सम्झौताको दस्तावेजका रुपमा संविधान निर्माण आउँदा हाम्रा एजेन्डा नसमेटिएको उनको भनाइ थियो ।
उनले पार्टीका एजेन्डा स्थापित गर्नका लागि सङ्ख्या बढाउनतिर लाग्न कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कायम गर्नका लागि राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिका रुपमा राप्रपा नेपालको उदय भएको उनको भनाइ थियो ।
विसं २०६२ साल मङ्सिरमा भारतको राजधानी नयाँदिल्लीमा भएको १२ बुँदे समझदारी र आन्दोलन पछाडि अवलम्बन गरेको त्रुटिपूर्ण बाटोले देश गम्भीर सङ्कटमा पर्दछ भनेर उही बेला भन्दै आएको बताउँदै स्थानीय विकास मन्त्रालयसमेत सम्हालेका थापाले भने–“हामीले भनेको सही प्रमाणित हुँदै आएको छ, यसको समाधान गर्न पनि राप्रपा नेपाल नै अग्रणी पार्टीका रुपमा क्रियाशील हुनेछ ।”
विशिष्ट परिस्थितिमा पार्टीको जन्म भएको बताउँदै उनले पार्टीको औचित्य र महत्व पनि बढ्दै गएको जानकारी दिए । कार्यक्रममा सन्तोष रानामगरको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण