संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक छ : महामन्त्री सिटौला
पोखरा– नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि नेपालका प्रमुख राजनीतिक शक्तिबीचको एकता आवश्यक भएको बताएका छन् ।
नेपाल प्रेस युनियन, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा संविधानसभाबाट संविधान जारी गर्दाको अवस्थासम्म नेपालका राजनीतिक दल एकजुट बने पनि संविधान जारीपछि एक हुन नसकेको बताए ।
संविधान जारीसँगै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको बताउँदै उनले नयाँ संविधानले निर्दिष्ट गरेका केन्द्रदेखि स्थानीय तहसम्मका निर्वाचन सम्पन्न गरेर निर्वाचनपश्चात् नयाँ नेतृत्व स्थापित भएसँगै संविधानको कार्यान्वयनको पहिलो चरण सम्पन्न हुने बताए । यी धेरै काम सम्पन्न गर्नका लागि पनि दलबीच एकता कायम गरी संविधानको कार्यान्वयनमा जुट्नुपर्ने वर्तमानको आवश्यकता भएको उनको भनाइ छ ।
उे भने, “राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी दलबीचको एकताका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ ।” पार्टीको १३औँ महाधिवेशनले मुलुकको नयाँ परिवर्तनसँगै आएका चुनौतीलाई सामाना गर्न सक्ने नेतृत्व चयन गर्ने बताउँदै उनले आगामी दिनमा पार्टीलाई वैचारिक, रणनीतिक सबै दृष्टिबाट उचाइमा पु¥याउनुपर्ने बताए ।
पार्टीको आगामी महाधिवेशनलाई खेलकुदका नियमका आधारमा एकताको महाधिवेशनका रुपमा विकास गनुपर्ने उनको भनाइ छ । नेपालको जारी सङ्कटलाई राजनीतिकरुपमा समाधान गर्न निरन्तर प्रयास जारी रहेको र समस्याको निकास चाँडै हुने विश्वास उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण