महानगरको अगुवाइमा मासु पसलको अनुगमन : अधिकांश मानस्वास्थ्यमैत्री छैन
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले केही मासु पसलमा गरेको अनुगमनमा अधिकांश पसल मानवस्वास्थ्य मैत्री नभेटिएको ठहर गरेको छ ।
आज कामपाले बानेश्वर र अनामनगरको केही मासु पसलमा अनुगमन गरेको थियो । सोही क्रममा नियमित रुपमा अनुगमन गर्दासमेत सुधारमा कुनै किसिमको गुणात्मक परिणाम नदेखिएको महानगरपालिकाअन्तर्गत जनस्वाश्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
व्यावसायिक र महानगरीय मापदण्डको आधारभूत पक्षका रुपमा रहेको विषयको व्यापारीले ख्याल नगरेसम्म स्वास्थ्यकर मासु उत्पादन हुन नसक्ने बताउँदै उत्पादक र व्यापारी बीचको छलछामले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने हुँदा यसो नगर्न प्रमुख श्रष्ठले व्यापारीलाई आग्रह गरे ।
अनुगमनका क्रममा पक्षी बध गर्ने र मासु बेच्ने स्थान एउटै, मासु छोप्नका लागि जालीको प्रयोग नगर्नु, मासु काट्ने हतियार खिया लागेको हुनु, बेच्ने व्यक्तिले एप्रोनको प्रयोग नगर्नुजस्ता समस्या भेटिएको कामपाले बताएको छ ।
अनुगमनकै क्रममा स्वास्थ्यकर्मीले एक दिनमा बढीमा १५० ग्रामसम्म मासु खान राम्रो हुने भन्दै जुनसुकै खाद्य वस्तुको प्रयोग गर्दा त्यसमा भएका गुण र प्रयोग गर्ने मानिसको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न जरुरी हुने बताएका थिए । अब हरेक दिन खाद्यवस्तुको अनुगमन गर्ने पनि कामपाले बताएको छ । आज आठवटा मासु पसलमा अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण