प्यूठानका दुई सामुदायिक वनमा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापन सुरु
प्यूठान–प्यूठानमा पहिलोपटक नमुनास्वरुप सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको छ । जिल्ला वन कार्यालयले जिल्लामा सबैभन्दा धेरै सालको रुख उत्पादन हुने ढुङ्गेगढी गाविसको कालिढुङ्गा सामुदायिक वन र जस्पुर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको हो ।
“जिल्लामै पहिलोपटक सुरु गर्न लागिएको वैज्ञानिक वन व्यवस्थापन हाम्रा लागि पनि नयाँ हो ।” सहायक जिल्ला वन अधिकृत दीपक केसीले भने–“पहिलोपटक जिल्लामा सुरु गरिएको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यमा स्थानीयवासीको सहभागिता रहेको थियो ।”
वनको दिगो व्यवस्थापन र सामुदायिक वनका उपभोक्ताको हितमा समेत रहेको वैज्ञानिक वन व्यवस्थापन सबै वन क्षेत्रमा कार्यान्वयको खाँचो रहेको भन्दै जिल्ला वन कार्यालयले जिल्लाका सबै वनमा वैज्ञानिक वन व्यवस्थापन आवश्यक भएको बताएको छ । वनक्षेत्रमा रहेका रुखको वैज्ञानिक व्यवस्थापनले वनको दिगो व्यवस्थापनसँगै रुख पनि ठूला र हुर्कन सजिलो हुने अधिकृत केसीले बताए ।
“सामुदायिक वनको दिगो व्यवस्थापन भएमा वनले दिने उत्पादनमा पनि वृद्धि हुने गर्दछ ।” अधिकृत केसीले भने–“पहिलोपटक नमुनाकारुपमा चार हेक्टर क्षेत्रफलको वनलाई हामीले वैज्ञानिक वन व्यवस्थापन अन्तरगत छनोट गर्ने कार्य सुरु गरेका छौँ ।” जिल्लामा पहिलोपटक लागू भएको वैज्ञानिक वन व्यवस्थापनमा सामुदायिक वनको आर्कषण बढदो देखिएको कार्यालयले जनाएको छ ।
वनको व्यवस्थापनसँगै संरक्षण र प्रर्बद्धनमा पनि वैज्ञानिक वन व्यवस्थापन उपयुक्त माध्यम भएको भन्दै जिल्ला वन कार्यालय प्रमुख धनञ्जय लामिछानेले जिल्लामा रहेका ४०० भन्दा धेरै सामुदायिक वनमा क्रमश वैज्ञानिक वन व्यवस्थापन लागू गरिने बताए । “सबै क्षेत्रमा आवश्यक वैज्ञानिक वन व्यवस्थापन नै हो ।” प्रमुख लामिछानेले भने–“पहिलोपटक भएकाले दुईवटा वनका नयाँ कामको सुरु गरेका छौँ । विस्तारै यो काम अन्य वनमा पनि लैजान आवश्यक रहेको छ ।”
वनमा रहेका धेरै रुखको कटान गर्ने र कमी भएको ठाउँमा नयाँ बिरुवा रोप्ने, ८० वर्ष भन्दामाथिका रुखको कटान गर्ने गरी वैज्ञानिक वन व्यवस्थापन सुरु भएको कार्यालयले जनाएको छ ।
वनको अधिकतम उपभोग गर्दै संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्नेगरी वनको वैज्ञानिक व्यवस्थापन लागू गरिएको प्रमुख लामिछानेले जानकारी दिए । जिल्लामै पहिलोपटक सुरु गरिएको वैज्ञानिक वन व्यवस्थापनमा स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण