ढुङ्गालाई हिर्काउँदा जहाँ नौमती बाजा बज्छ...
म्याग्दी–उत्तरी पर्यटकीय दाना गाविस–२ काभ्रेमा रहेको नौमती बाजा ढुङ्गा ओझेलमा परेको छ ।
अग्लो पहाडमा नौमती बाजाका आकृति रहेको उक्त स्थानलाई प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको स्थानीय समाजसेवी सुनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार दुईवटा दमाहा, एउटा ढोलक र एउटा ट्याम्को बाजाको आकृति रहेको ठाउँमा कुनै वस्तुले हान्दा आकृति अनुसारको आवाज निस्कने गर्छ । ‘‘पहाडमा रहेका आकृति अनुसारको आवाज निस्कनु आफैँमा नौलो हो, पहाडमा नौमती बाजाका सनही, नरसिंहा, कर्नाल बाजाको समेत आकृति देखिन्छ, यस क्षेत्रका बारेमा प्रचारप्रसार गर्नका लागि सक्रिय रहेका विश्वकर्माले भने ।’’
यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनको लागि काभ्रेमा घरबास सञ्चालन गर्ने तयारी भइरहेको छ । अभियानकर्ताले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ तथा जिविस र गाविससँग समन्वय गरी घरबास सञ्चालन गर्ने तयारी गरेको विश्वकर्माले बताए ।
नौमती बाजाको आवाज निस्कने ढुङ्गा रहेको उक्त स्थानका बारेमा प्रचारप्रसारका लागि अहिले स्थानीयवासीले अभियान चलाएका छन् । अभियानका क्रममा जिल्लास्थित सरोकारवालालाई उक्त स्थानका बारेमा जानकारी गराउन र पर्यटन प्रवद्र्धन गराउन पहल गरिने स्थानीय शिक्षक श्याम पुनले बताए ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत दानामा रहेको आकर्षक रुप्से झरना र विश्वकै गहिरो अन्ध गल्छीको शिरमा रहेको नौमती बाजा ढुङ्गा परिसरमा आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने ९नेकपा एमाले० दानाका उपाध्यक्ष हस्तबहादुर पुन बताउँछन् । काभ्रे गाउँ नजिकै निकै अनौठो स्थानका रुपमा रहेको नौमती बाजा ढुङ्गाको बारेमा स्थानीयवासीदेखि जिल्लास्तरका राजनीतिक दलका प्रतिनिधिले समेत चासो दिनुपर्ने उनको भनाइ छ ।
अग्लो स्थानमा अनौठो दृष्य र आवाज निस्कने सो ढुङ्गाका बारेमा सबै क्षेत्रमा प्रचारप्रसारका लागि स्थानीयवासी लागिपरेको रुप्से सङ्गम युवा क्लबका अध्यक्ष लालबहादुर पुन बताउँछन् ।
सयौँ वर्ष अगाडि रुप्से झरनामा रहेका भूमे देवताले स्थानीय नौमती बाजा टोलीका बाजालाई पहाडमा रुपान्तरित आकृतिको रुप बनाइदिएको किंबदन्ती छ । अहिले पनि लामो खडेरीका समयमा उक्त स्थानमा पूजा गरेमा पानी पर्ने गरेको स्थानीयवासी बूढापाका बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण