धदिङमा औषधिको अभाव
धादिङ–भूकम्पले गर्दा सास्ती खेप्न बाध्य धादिङबासी भारतीय नाकाबन्दीले गर्दा औषधि अभाव भोग्न थालेका छन् ।
जाडो समय सुरु भएसँगै अत्यावश्यक मात्रामा चाहिने औषधि नभएपछि जिल्लामा औषधिको अभाव भएको हो । जाडो समयमा अत्यावश्यक पर्ने एन्बिायोटिक तथा अन्य औषधि अभाव भएकाले स्वास्थ्य उपचारमा समेत प्रभाव परेको जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले जानकारी दिए ।
चिसो बढेसँगै अत्याधिक मात्रामा चाहिने एमोक्सासिलिन, आँखामा राख्ने सिफ्रो, दमका रोगीका लागि अत्यावश्यक सालबिटामोल लगायत औषधिको चरम अभाव भएको हो । अहिले जिल्लाका स्वास्थ्य संस्थामा यी औषधि नभएपछि बिरामी समस्यामा परेको मल्लको भनाइ छ ।
शिशुलाई लगाइने बिसिजी खोप समेत अभाव भएकाले समस्या देखिएको छ । शिशुलाई स्वास्थ्य केन्द्रमा पहिलो पटक ल्याउनेबित्तिकै लगाइने सो खोप अभावले गर्दा समस्या आएको छ । खोप अभाव भएकाले शिशुलाई एक महिना बिराएर स्वास्थ्य संस्थाले लागाउने गरी मिलाइएको मल्लको भनाइ छ ।
सो खोपको एक भायलमा २० जनालाई दिन पुग्ने हुन्छ । तर खोलेको छ घन्टापछि लगाउन मिल्दैन । यसो गर्दा खोप खेर जाने भएकाले खोप सेवा व्यवस्थित गर्नका लागि व्यवस्थापन गरिएको हो । जिल्लाका भूकम्पपीडित बिरामी परेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य सेवा विभागले जिल्लाका विस्थापित शिविर लगायत स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण