जनचाहना अनुसार योजना बन्नुपर्छ : राज्यमन्त्री शाही
मङ्गलबार, २१ पुस २०७२, १२ : १०
दैलेख–स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले जनताका चाहनाअनुसार विकासका योजना बन्नुपर्ने बताएका छन् ।
दुल्लु नगरपालिकाको तेस्रो नगर परिषद्मा उनले जनताको आवश्यकताका आधारमा र लक्षित वर्गको बजेट विनियोजन गरी सदुपयोग हुनुपर्ने बताए । “नेता र पहुँचवालाकै दबदबामा योजना बाँड्ने परम्परा तोड्न सबैले चनाखो भएर लाग्नुपर्छ”, उनले भने, “लक्षित वर्गसम्म बजेट पुगे नपुगेको अनुगमन हुनुपर्छ । ” आव २०७३।७४का लागि रु आठ करोड सैंतीस लाख १९ हजार १०० बजेट नगरपालिकाका कार्यकारी अधिकृत दीपेन्द्र शाहीले प्रस्तुत गरे । पुँजीगततर्फ रु चार करोड ३२ लाख ८९ हजार १०० र चालुतर्फ रु चार करोड चार लाख १९ हजार १०० प्रस्ताव गरिएको छ । विसं २०७१ वैशाखमा दुल्लुका छ गाविस मिलाएर नगरपालिका घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण