महोत्तरीमा चिसो र शीतलहरका कारण कैदीबन्दी प्रभावित
महोत्तरी–तराई–मधेसमा पछिल्लो समयमा अत्यधिक रुपमा बढदै गइरहेको बाक्लो हुस्सु एवम् शीतलहरका कारण महोत्तरी जलेश्वर कारागारमा रहेका कैदीबन्दी प्रत्यक्ष प्रभावित भएका छन् ।
कारागार प्रशासनले आगो ताप्नका लागि दाउरा उपलब्ध नगराएपछि त्यहाँ रहेका सयौँ कैदीबन्दी कठ्याङ्ग्रिदै दिन बिताउन बाध्य छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण जङ्गलबाट दाउरा ल्याउने अवस्था नरहेको जेलर शोभेन्द्र ठाकुरले बताए । सो कारागारमा खाना पकाउनका लागि सुरक्षा दिएर दाउरा ल्याइँदै आएको ठाकुरले जानकारी दिए ।
तीनसय ८९ कैदीबन्दी रहेको सो कारागारमा हाल मासिक रुपमा खाना बनाउनका लागि १२० क्विन्टल दाउरा आवश्यक रहेको जेलर ठाकुरको भनाइ छ ।
एकसय ३५ कैदीबन्दी अट्ने क्षमता रहेको सो कारागारमा हाल ३२ महिला र पाँच आश्रित बालबालिका गरी ३८९ कैदीबन्दीलाई राखिएको छ । विगतका वर्षमा शीतलहर एवम् चिसोपनबाट बच्नका लागि कारागार प्रशासनले तीन खेप गरी तीन सय क्विन्टल दाउरा कैदीबन्दीलाई आगो ताप्नका लागि उपलब्ध गराउँदै आएको थियो ।
यस क्षेत्रमा पछिल्लो समयमा जारी रहेको बाक्लो हुस्सु एवम् शीतलहरको समयमा कैदीबन्दीलाई चिसोबाट बचाउनका लागि सम्बन्धित सरोकारवालाले समयमै ठोस कदम उठाउनुपर्नेमा मानव अधिकारवादीले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण