नुवाकोटमा भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने
नुवाकोट–नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने भएको छ । सरकारले घर निर्माणका लागि रु दुई लाख अनुदान वितरण गर्नुभन्दा पहिले नै भूकम्पपीडितको नयाँ तथ्याङ्क सङ्कलन गरिने योजना रहेको प्रअिज उमेशकुमार ढकालले बताए । नक्कली भूकम्पपीडितको हातमा जस्तापाता खरिदको रु १५ हजार र न्यानो कपडाका लागि रु १० हजार वितरण नभएको भनी परेको गुनासो र जिल्लामा भूकम्पपीडितको सूची बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क पुनः सङ्कलन गर्ने तयारी गरेको प्रजिअ ढकालले बताए । प्रजिअ ढकालले भने, “नुवाकोटमा ६० हजार घर भूकम्पबाट प्रभावित भएको प्रारम्भिक तथ्याङ्क रहे पनि यो सङ्ख्या बढेर ७६ हजार पुगेको छ, पछि छुट भएका झन्डै दश हजार समेत गर्दा ८६ हजार घरधुरी हुन्छ, पुनः विद्युतीय माध्यमबाट तथ्याङ्क सङ्कलनपछि सो सङ्ख्या घटेर ५५ हजारको हाराहारीमा आउने हाम्रो अनुमान छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण