विपन्न परिवारलाई न्यानो कपडा वितरण
वीरगन्ज–जाडो र शीतलहरबाट अति प्रभावित पर्साको सिर्सिया खल्वाटोला गाविसका अतिगरिब, विपन्न र निःसहायलाई कम्बलसहित न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ डायमन्ड वीरगन्जले सो गाविसमा रहेका अतिगरिब र विपन्न समुदायका ७० जनालाई न्यानो कपडा र कम्बल मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वितरण गरेको हो । अत्यधिक चिसो र शीतलहरबाट प्रभावित अतिगरिब र विपन्न समुदायलाई लक्षित गरेर स्थानीय समाजसेवी मुकेश सराबगीको पहलमा वीरगन्जका उद्योगी–व्यापारीबाट सङ्कलन गरिएको उक्त परिणामको न्यानो लुगा वितरण गरिएको हो ।
सो अवसरमा सभासद् रमेश पटेल कुर्मी र समाजसेवी मुकेश सराबगीले कुनै पनि धर्मको मूल चुरो मानवतालाई संस्थागत गर्नु हो भन्दै मानवताको बाटोमा हिँड्न सके समाज, राष्ट्र र विश्वमा शान्ति स्थापना हुने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब डायमन्डका अध्यक्ष राजकुमार दारुका, सदस्य पवन भङ्गेडिया, समाजसेवी निर्मल सराबगीलगायतले मानवीय कार्यमा लाग्न समाजका सचेत वर्गलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण