पटकपटक अनुत्तीर्ण हुने विद्यार्थीका लागि विकल्प खोजिदैँ
काठमाडौं–पटकपटक मेडिकल काउन्सिलको नाम दर्ता परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीका लागि नयाँ विकल्पका बारेमा छलफल सुरु भएको छ ।
काउन्सिलले चिकित्सकको गुणस्तरमा धेरैपटक कुरा उठ्न थालेपछि पटकपटक अनुत्तीर्ण हुने विद्यार्थीका लागि के गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले बताए ।
उनले भने—‘बाहिर काउन्सिलले लगातार तीन वर्ष अनुत्तीर्ण हुनेलाई ‘लाइसेन्सिङ’ परीक्षामा बस्न नदिने भन्ने भ्रमपूर्ण समाचार आएको छ । अहिलेसम्म यस्तो किसिमको कुनै पनि निर्णय गरिएको छैन ।’
लगातार अनुत्तीर्ण हुने विद्यार्थीको लगानी र अध्ययनलाई मर्का नपार्ने गरी निर्णय गरिने रजिष्ट्रार शर्माले जानकारी दिए ।
चिकित्सा शास्त्र पढेका विद्यार्थीले काउन्सिलको लाइसेन्सिङ परीक्षा पास नगरेसम्म चिकित्सकीय अभ्यास गर्न नपाउने प्रावधान छ ।
हाल काउन्सिलले वर्षमा तीन पटकसम्म एम बिबिएस उत्तीर्ण गरेका विद्यार्थीलाई परीक्षामा बस्न पाउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण