काँग्रेस उपसभापति पौडेल र भारतीय नेताहरुबीच भेटवार्ता
बुधबार, २२ पुस २०७२, १९ : ४०
काठमाडौँ,- भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आज भारतीय नेताहरुसँग भेटघाट गरेका छन।
उपसभापति पौडलले आज नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भारतीय जनता पार्टीका उपाध्यक्ष तथा महासचिवलगायत नेतासँग भेटवार्ता गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध र हाल नेपालको सिमानामा देखिएको आपूर्तिको असहजताबारेमा समेत छलफल भएको थियो ।
उपसभापति पौडेलले भ्रमणका दौरान नेपालका लागि भारतका पूर्वराजदूत एवम् भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन यही पुस २० गते पाँचदिने भ्रमणका लागि भारत जानुभएको हो । काँग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँगको उच्च भेटवार्तालाई यहाँ महत्वका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण