स्वास्थ्यकर्मी अभावले सेवामा समस्या
धादिङ–ग्रामीणस्तरका स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा परिणत भएपछि आवश्यक जनशक्ति जिल्लामा उपलब्ध नहुँदा उपचार सेवामा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए । ग्रामीण तहमा रहेका स्वास्थ्य चौकीमा कार्य गर्ने हेल्थ असिस्टेन्ट २५, अहेब ६२ र अनमी ६१ जना अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुखको भनाइ छ । भूकम्पले क्षतविक्षत जिल्लाका ३३ स्वास्थ्यचौकी निर्माण नभएकाले पालबाट सेवा दिइरहेको अवस्थामा गाउँमा रहेका यस्ता स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएकाले केहीमा परिचरले सेवा दिनुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाउँमा स्वास्थ्यकर्मी नभएका कारण धुवाँकोट लगायत गाविसमा गत महिना खोप सेवा समेत प्रभावित भएको थियो । स्वास्थ्यका कर्मचारीको अभावसँगै जिल्लामा हुने तालिम र गोष्ठीले समेत स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण