ओबामाले नयाँ बन्दुकसम्बन्धि कानुनको पक्ष वा विपक्षमा मतदान नगर्ने
अमेरिका–अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार अमेरिकी बन्दुकसम्बन्धि कानुनको पक्षको वा विपक्षी उम्मेदवारलाई मतदान नगर्ने प्रतिवद्धता जनाएका छन् ।
आफ्नो नयाँ नीतिको सार्वजनिक आलोचना गर्दैआएको उनकै डेमोक्रेटिक पार्टीका पक्षमा समेत मतदान नगर्ने अमेरिकी राष्ट्रपतिले एक टिभीसँगको अन्तवार्तामा जनाएका हुन् ।
राष्ट्रपति ओबामा नयाँ बन्दुक खरिद या बिक्री बारे समर्थन जुटाउन अमेरिकी टेलिभिजन सिएनएनमा गरेको कुराकानीका क्रममा यो कुरा बताएका हुन् ।
अमेरिकामा बन्दुक खरिद वा बिक्री गर्ने कानुनमा उद्धार भएको कारण हजारौँ अमेरिकी नागरिक अकालमा मर्नुपरेको भन्दै राष्ट्रपति ओबोमाले यसलाई कडा पार्न चाहेको बताए ।
राष्ट्रपति ओबामाले अमेरिकामा बन्दुक किन्न र राख्न दिइएको छुटका कारण प्रत्येक वर्ष ३० हजारभन्दा बढी नागरिकले गोली हानी आत्महत्या वा मारिनुपरेको खबर सुनाउँदै यसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप सो कानुन ल्याउन खोजिएको भन्दै यसै साता एउटा भाबुक भनाई राखेका थिए ।
तर अमेरिकी सिनेटमा भने बहुसङ्ख्यक विधायकले राष्ट्रपति ओबामाको यो नीतिको आलोचना गर्दैआएका छन् ।
“राष्ट्रपतिका रुपमा गर्न सकिने सबै कुरा गर्न तयार भएजस्तै एक नागरिकको रुपमा पनि त्यसो गर्न म स्वतन्त्र छु” ओबामाले टाइम्सको वेवसाइटलाई दिएको एक सन्देशमा लेखेका छन् ।
सिएनएनलाई दिएको अन्तवार्तामा राष्ट्रपति ओबामाले आफ्नो प्रतिष्ठानमा आँच आउने गरी प्रचारगरिएको बताए । ओबामाले आफ” हतियार खरिद वा बिक्री गर्न पाउने अमेरिकी नागरिकको अधिकारप्रति संवेदनशील भएपनि यसबाट आउने नकारात्मक असर रोक्न नयाँ कानुन ल्याउन खोजिएको बताए ।
तर उनीमाथि सुरक्षाका हतियार राख्न पाउने अधिकारलाई प्रतिबन्ध लगाएको साथै करिब तीन करोड ५० लाख हतियार नियन्त्रणमा लिन खोजेको ओरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण