“सुन्दरीजललाई सुन्दर बनाऔँ”
काठमाडौँ– गुह्येश्वरीमाथिको वाग्मती सफाइमा क्रियाशील विभिन्न सङ्घसंस्थाले यस क्षेत्रमा सफाइको १००औँ हप्ता पुगेको अवसरमा आज विशेष सफाइ गरेका छन् ।
राम्रो जोरपाटी हाम्रो जोरपाटी, माकलबारी टोल सुधार समिति र पुडासैनी मैत्री समाजलगायत संस्थाको आयोजनामा सञ्चालित आजको सफाइमा हजारौँको सहभागिता थियो ।
विसं २०७० जेठ ४ गतेदेखि सुरु भएको सफाइ महाअभियान १३९ हप्तासम्म निरन्तर भएको र गुह्येश्वरीमाथिको भागमा विशेष अभियानका साथ सफाइ गरी १०० हप्तासम्म निरन्तर जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ती संस्था र सांसद रामेश्वर फुयाँललाई सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद फुयाँलले वाग्मती सफाइका साथै राजनीतिक र सामाजिक सफाइको अभियान थाल्ने समय आएको बताए । पूर्वमुख्यसचिव पौड्यालले सुन्दरीजललाई नामजस्तै सुन्दर बनाउन स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण