सभापति कोइराला र उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता
काठमाडौँ–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज आफ्नै निवास महाराजगन्जमा भएको भेटमा उनले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने बताए ।
“अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय सङ्कटका समाधान गर्न संसद्मा पहिलो दलका हैसियतले नेकाले वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ, अब छिट्टै समाधान निस्कन्छ”–भेटपछि सभापति कोइरालाका कूटनीतिक मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताए ।
सभापति कोइरालाले समस्या समाधान गर्न संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै नयाँ संविधान जारीपछि उत्पन्न अवस्थालाई सम्बोधन गर्न संसद्मार्फत संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको जानकारी उपमहासचिव फेल्टम्यानलाई गराएको सल्लाहकार डा भट्टराईले जानकारी दिए ।
आफ्नो प्रधानमन्त्रीको कार्यकालमा आन्दोलनरत् पक्षका माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गराइएको पनि कोइरालाले उनलाई जानकारी गराएका थिउ ।
सो अवसरमा उपमहासचिव फेल्टम्यानले मानवीय सङ्कट अन्त्य होस् भन्ने धारणा राखेका थिउ । उनले विश्वमा शान्ति, समृद्धि र सुरक्षामा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालको विकास, राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सल्लाहकार डा भट्टराईले बताएइ ।
उनीहरुका बीचमा करिब एक घण्टा कुराकानी भएको सभापति कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण