काँकडभिट्टा भएर आउने पर्यटकको सङ्ख्यामा गिरावट
झापा–लामो समयसम्म नाकाको अवरोध, भूकम्प र बन्द हडतालका कारण सन् २०१५ मा पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको छ ।
नेपाल पर्यटक बोर्डको काँकडभिट्टा कार्यालयका अनुसार सन् २०१४ को दाँजोमा २०१५ मा यस नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको आगमनमा १० प्रतिशतले गिरावट आएको छ ।
सन् २०१४ मा यस नाकाबाट नौ हजार ९६७ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका थिए भने २०१५ मा यो सङ्ख्या घटेर आठ हजार ९३० जना रहेको छ ।
भारतको कोलकत्ता, दार्जीलिङ र सिक्किम हुँदै विदेशी पर्यटक काँकडभिट्टबाट अध्यागमन प्रक्रिया पूरा गरेर नेपाल भित्रिने गरेका छन् ।
पूर्वी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा धेरै सङ्ख्या बङ्गलादेशी नागरिकको रहेको छ । यस नाकाबाट भित्रिने पर्यटकको आधाभन्दा बढी सङ्ख्या बङ्गलादेशकै रहेको पर्यटन बोर्डकी सूचना अधिकारी सुष्मिता दाहाल बताउँछन् ।
उहाँका अनुसार सन् २०१४ मा पाँच हजार ३२८ र २०१५ मा पाँच हजार ५५ जना बङ्गलादेशी पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि अमेरिका, बेलायत, भुटान, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, जापानलगायतका मुलुकका नागरिक उल्लेख्य सङ्ख्यामा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण