पुर्वमन्त्री पाण्डेको कृति ‘कुटनीति र राजनीति’ को चर्चा
चितवन–पुर्वमन्त्री तथा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डेको पहिलो पुस्तक ‘कुटनीति र राजनीति’ को विषयमा चितवनमा साहित्यकारहरु विच साक्षात्कार भएको छ । कविडाँडा साहित्य समाजको आयोजनामा शनिवार उक्त कार्यक्रममा पुर्व मन्त्री पाण्डेले नेपाल भारतको सम्वन्धमा एउटा रेखा कोरिएको भन्दै राजनीति भन्दा कुटनीति कमजोरहुँदा अन्तराष्ट्रिय सम्वन्धमा असर परेको जिकिर गरे । कुटनीतिमा दख्खल राख्नुहुने पाण्डेले संविधान निर्माणका क्रममा असल नियत हुँदाहुँदै पनि प्रक्रियागत समस्याका कारण यो अभाव झेल्नुपरेको धारणा राखे । उनले चुलो नबल्दा समेत नेपाली जनता चुप लागेर बस्नु सरकारको लोकप्रियता नभई राष्ट्रप्रतिको समर्पण भएको उल्लेख गरे । नेपालको राष्ट्रिय मामिला तथा कुटनीति र राजनीतिको यथार्थ चित्रण गरिएको पुस्तक पाण्डेले आफ्नो अनुभवको आधारमा तयार पारेका थिए ।
पुस्तकमा १७ सालको सेरोफेरो, ईरान क्रान्ति, गिरफतारी, १९५० को सम्झौता, नाकाबन्दी, दरबार हत्याकाण्ड, नेपाल भारत सम्वन्ध, लगायत शिर्षकका लेखहरु समाबेश छन् । चितवनका रमाकान्त सापकोटा र विनोद खण्ड तिमिल्सीनाले पुस्तकको टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण