वेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो
आइतबार, २६ पुस २०७२, ११ : ३०
नुवाकोट– नुवाकोट र रसुवाको सीमा रहेको वेत्रावती क्षेत्रमा शनिबार र आज पौसे औँसीमा श्राद्ध गर्नेको घुइँचो लागेको छ । यस वर्ष औँसी शनिबार र आइतबार दुई दिन परेको छ ।
उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डंगोलले उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौषकृष्ण औंसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास रहेको बताए ।
देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।
पौस कृष्ण औंसीका दिन वेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनि र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीन वटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने भक्तजनको भनाइ छ ।
यहाँ श्राद्ध गर्नका लागि नुवाकोट र रसुवा बाहेक धादिङ, कठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्कीदेखि मानिस आएको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण