मलेसियामा आफ्नो ज्यानमाथि खतरा आइपरे डायल गर्नुस ०१६२४७२७७७
क्वालालम्पुर– मलेसियास्थित नेपाली राजदुतावासले २४ घण्टे हटलाईन मोबाइल सेवा सुरु गरेको छ । यहाँ कार्यरत नेपालीले आफ्नो ज्यानमाथि खतरा आइपरेको खण्डमा यो हटलाईन मोबाइल सेवा प्रयोग गर्न सक्नेछन् ।
आपतकालीन अबस्था आइलागे ०१६२४७२७७७ मा फोन गरि जानकारी दिन सकिने राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । गम्भिर समस्यामा परेकाले जुनसुकै बेला पनि यस मोबाइल नम्बरमा फोन गर्न सक्नेछन् ।
प्राप्त जानकारीका आधारमा उद्धार कार्य अगाडि बढाइने यहाँस्थित नेपाली राजदुतावासले स्पष्ट पारेको छ । मदिरा सेवन गरि हटलाईन मोबाइल सेवाबाट जथाभाबी बोल्ने, गाली गलौज गर्ने या फोनको दुरुपयोग गर्नेलाई भने कारवाही हुनेछ । उपलब्ध हटलाईन मोबाइल सेवाको सहि सदुपयोग गर्न राजदुतावासले सबैमा आग्रह गरेको छ ।
कार्यालय समयमा सम्पर्क गर्नका लागि अन्य दुईवटा ल्याण्डलाईन नम्बर पनि खुल्ला गरिएका छन् । राहदानी, ट्राभल डकुमेन्ट र अन्य जानकारीका लागि कार्यालय समयभित्र ०३ २०२० १८९८ वा ०३ २०२० १८९९ मा फोन गरि सेवा लिन सकिनेछ । राजदुतावासको कार्यालय शनिबार र आइतबार बन्द रहनेगर्छ ।
अन्य बार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ला रहन्छ । समस्यामा परेका बेला फोन गर्दा फोन नउठ्ने व्यापक जनगुनासो बढेपछि राजदूतावासले हटलाईन मोबाइलसहित २ वटा ल्याण्डलाईन फोनबाट समस्या तथा गुनासो सुन्न तयार भएको हो । मलेसियामा अहिले ७ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण