नेवाः पुचः दक्षिण कोरियाद्वारा २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण
नेवाः पुचः दक्षिण कोरियाले काठमाडौँ जिल्ला कामनपा–३५ निवासी २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुवै मृगौलाले काम गर्न छोडेपछि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलाइसिस गराईरहेको र दुवै मृगौला प्रत्यारोपण गर्नको लागि रू तीन लाख पचास हजारदेखि रू सात लाखसम्म लाग्ने अस्पतालले जनाएको छ ।
आर्थिक अवस्थाका कारण मृगौला प्रत्यारोपणमा ढिलाईभइरहेको अवस्थालाई मध्यनजरमा राख्दै दक्षिण कोरियामा अवस्थित नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष श्री कृष्ण मुश्यानको संयोजकत्वमा कोरियामा रकम संकलन अभियान चलाएका थिए ।
सो अभियानमा प्रत्यक्ष संलग्न रही करिब ५६ जना सहयोगीहरुको सहयोगी हातहरुबाट करिब १ लाख ४० हजार नेपाली रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमलाई नेवाः पुचः नेपालका अध्यक्ष गुरु डा. नबिन बज्राचार्य तथा सचिव श्री श्याम महर्जन, समाजसेवी सुर्य मुश्यान, नेवाः पुचः दक्षिण कोरियाका उपाध्यक्ष श्री निर्मल महर्जन तथा सोहि संस्थाका सदस्य पुष्कर श्रेष्ठज्युले एक सानो कार्यक्रमका वीचमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गत २०७२ पुस २५ गतेका दिन हस्तान्तरण गरेका थिए । साथै नेवाः पुचः दक्षिण कोरिया तथा नेवाः पुचः नेपाल दुवै संस्थाले अम्बिका डंगोल सहयोग अभियानमा सहयोग गरेका सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण