अदालतमा सहायता कक्ष स्थापना, ३९ किसिमका सेवा निःशुल्क
म्याग्दी– जिल्ला अदालत म्याग्दीमा नागरिक सहायता कक्ष स्थापना भएको छ ।
सेवा प्रवाहलाई झन्झटरहित, छिटो, छरितो र प्रभावकारी तथा सर्वसाधारणको न्याय सेवामा सहज पहुँच स्थापित गर्ने उद्देश्यले छुट्टै कर्मचारी र कार्यकक्षसहित सहायता कक्ष स्थापना गरिएको हो ।
साथै विभिन्न ३९ किसिमका सेवालाई अदालतबाट निःशुल्क प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाएको जनाएको छ । ३९ वटा विभिन्न किसिमका निवेदन लेखन, जानकारी पत्रलगायतका काम पनि अदालतबाटै निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाइएको स्रेस्तेदार गोकर्ण पन्तले बताए ।
यसैगरी नक्कल दिने, पेशी/तारिख तोक्ने, गुज्रेको तारिख थाम्ने थमाउने, वारेसनामा, सकारनामा, मिलापत्रलगायतका सेवा एक घन्टामै उपलब्ध गराउन थालिएको छ । पन्तका अनुसार नागरिक सहायता कक्ष, निःशुल्क र एक घन्टाभित्र प्रदान गर्ने सेवाका लागि एकजना कर्मचारीको व्यवस्था गरिएको छ ।
सहायता कक्ष स्थापना भएपछि सामान्य सेवाका लागि पनि कानुन व्यवसायीलाई महँगो शुल्क तिर्नुपर्ने समस्या न्युनीकरण भई न्याय सेवामा नागरिकको सहज पहुँच स्थापना हुने अपेक्षा गरिएको जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बताए ।
म्याग्दी अदालतमा यसअघि बालमैत्री इजलास स्थापना र डिजिटल नागरिक वडापत्र प्रयोगमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण