सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

सोमबार, २५ जेठ २०८३, २२ : २७
सोमबार, २५ जेठ २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले पुराना मन्त्रीलाई फिर्ता बोलाएर ५ जना नयाँ मन्त्रीलाई सरकारमा पठाएको छ ।
  • बेलबहादुर रानामगर सामाजिक विकास, विक्रमसिंह धामी आर्थिक मामिला, मानबहादुर रावल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।
  • यस पुनर्गठनपछि मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। 

नेपाली कांग्रेसले पुराना मन्त्रीलाई फिर्ता बोलाएर ५ जना नयाँ मन्त्रीलाई सरकारमा पठाएको छ । जसअनुसार बेलबहादुर रानामगर सामाजिक विकास, विक्रमसिंह धामी आर्थिक मामिला, मानबहादुर रावल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्।  

त्यस्तै मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।

मन्त्रिपरिषद् पुनर्गठनसँग मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

हेर्नुहोस् सूची :

sudur-cabinet

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप