सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
सारांश
- सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि 'जिल्ला भूमि समस्या समाधान समिति' गठन गरेको छ ।
- भूमि सम्बन्धी नियमहरू, २०२१ (संशोधन सहित) को नियम ४१ क १ को उपनियम (१) र मन्त्रिपरिषद्को जेठ १९ गतेको निर्णयअनुसार समितिका अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरिएको हो ।
- नयाँ व्यवस्था अनुसार, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले समितिको नेतृत्व गर्नेछन् भने नापी कार्यालयका प्रमुख सदस्य-सचिव रहनेछन् ।
काठमाडौँ । सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान समिति’ गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले सोमबार सूचना जारी गर्दै सबै जिल्ला समितिहरूलाई पत्राचार गर्दै नयाँ संरचना र गठन प्रक्रियाबारे जानकारी गराएको हो ।
भूमि सम्बन्धी नियमहरू, २०२१ (संशोधन सहित) को नियम ४१ क १ को उपनियम (१) मा भएको व्यवस्था र नेपाल सरकार (मन्त्रिपरिषद्) को गत जेठ १९ गतेको निर्णयअनुसार समितिका अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरिएको हो । मन्त्रालयका अनुसार मन्त्रीस्तरको जेठ २१ गतेको निर्णयबाट जिल्ला समितिहरूको कार्यविधि र ढाँचा तय गरिएको हो । समितिको बैठकले नियममा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला समितिहरूलाई अनुरोध समेत गरेको छ ।
नयाँ व्यवस्था अनुसार जिल्ला भूमि समस्या समाधान समितिको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख र डिभिजन वन कार्यालयका प्रमुख रहनेछन्। त्यसैगरी, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ भने जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुखलाई सदस्य–सचिवको जिम्मेवारी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण