कांग्रेस सरकारमा जान हतार गर्दैन : वरिष्ठ नेता देउवा
पोखरा– नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सरकारमा जान हतार नगर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले काँग्रेसले प्रतिपक्षीमै रहेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने धारणा राखे ।
नयाँ संविधान जारी भएपछि सीमाङ्कन र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्छ भनेर केही मधेसवादी दलको असन्तुष्टि पैदा भएको स्मरण गराउँदै उनले नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावले उनीहरुको माग पूरा हुने र देशमा सहज वातावरण बन्ने दाबी गरे ।
नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशन पार्टी एकता र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले लामो समयदेखि जनप्रतिनिधिहरुबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएको विचार व्यक्त गरे ।
उनले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको टिप्पणी गरे ।
युनियनका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण