अझैँ पनि फोन गर्न लाइन बस्नुपर्ने
जाजरकोट–यहाँको सबैभन्दा दुर्गम बारेकोट क्षेत्रका स्थानीयले प्रभावकारी सञ्चार सेवाको माग गरेका छन् । फोन गर्नकै लागि घडी हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न यहाँका चार गाविसका स्थानीयले माग गरेका हुन् । बारेकोटको नायकवाडा, रोकायगाउँ, रामीडाडाँ र सक्लाका हजारौँ स्थानीयहरु फोन गर्नकै लागि बिहान ९ बज्नुपर्ने समस्या रहेको छ । बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म मात्र नेपाल टेलिकमको स्काई प्राविधि रतनकोटमा रहेको टावर सञ्चालनमा आउने भएका कारण घडीको सुई हेर्न बाध्य भएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सा रोकायगाउँका प्राचार्य गोरखवहादुर सिंहले बताए । यो ठाउँमा अन्य कुनैपनि फोनका टावरहरु छैन्न । स्काई प्राविधिको एउटा मात्र टावरले ११ घण्टा मात्र सेवा दिने गरेको छ । ईमेल र ईन्टरनेटका लागि पनि यहाँका चार गाविसका विद्यालय, सरकारी कार्यालय र स्थानीयहरु सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ । नेपाल टेलिकमको स्काई प्राविधिको थ्रीजि अर्थात स्काई प्रो जडान नगर्दा यस्तो समस्या भएको हो । चाहिएको बेलामा टेलिफोन सम्पर्क गर्न मुस्किल छ, टावर सञ्चालन भएको समयमा पनि राम्रोसँग काम नगर्दा निकै हैरान भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले दुखेसो पोखे । सञ्चार सेवाको विषयमा बारेकोटवासीले सभासद, मन्त्रीसम्मलाई जानकारी गराएपनि सुनुवाई नभएको स्थानीयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण