रियल र एथ्लेटिकोमाथि ट्रान्सफर प्रतिबन्ध
शुक्रबार, ०१ माघ २०७२, ११ : ३८
म्याड्रिड – स्पेनिस पावरहाउस क्लबद्वय रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडमाथि अगामी दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरु दर्ता गर्न प्रतिबन्ध लगाइएको छ । १८ वर्षभन्दा कम उमेरका खेलाडीहरु स्थानान्तरण गर्दा कानुन मिचेको भन्दै फिफाले उनीहरुमाथि प्रतिबन्ध लगाएको छ ।
यद्यपि, यो प्रतिबन्ध हालको जनवरी ट्रान्सफर विन्डोमा लागु हुनेछैन । फिफाले एथ्लेटिकोमाथि ६ लाख २२ हजार पाउण्ड र रियलमाथि २ लाख ४९ हजार पाउण्ड जरिवानासमेत तोकेको छ ।
दुवै क्लबले फिफाको निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । रियलले १८ वर्षभन्दा कम उमेरका खेलाडीहरु कानुन विपरित अनुबन्ध गरेको आरोप असत्य भएको बताएको छ । ‘रियल म्याड्रिडले फिफाको यस निर्णय विरुद्ध अपिल गर्नेछ,’ क्लबले जनाएको छ । उता, एथ्लेटिकोले पनि फिफाको निर्णय विरुद्ध अपिल गर्ने जानकारी दिएको छ ।
यसअघि बार्सिलोनामाथि पनि सन् २०१४ को अप्रिलमा यही आरोपमा प्रतिबन्ध लगाइएको थियो । बार्सिलोनामाथिको प्रतिबन्ध यही महिना अन्त्य भए पनि क्लबले नयाँ खेलाडीहरु भने सो समयमा अनुबन्ध गरेको थियो ।
बार्सिलोनाले आर्डा टुरान र एलेक्सिस भिडाललाई अनुबन्ध गरे पनि प्रतिबन्ध नसकेसम्म क्लबका लागि खेल्न भने पाएका थिएनन् ।
अर्को ट्रान्सफर विन्डो सन् २०१५÷१६ को जुलाई अगस्त र सन् २०१७ को जनवारी महिना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण